आजदेखि लोडसेडिङको समय थप, अब दैनिक आठ घण्टा, काली गण्डकी जलविद्युत केन्द्रमा समस्या

नेपाल बिद्युत प्राधिकरणले लोडसेडिङको समय पुनः बढाएको छ। आज मध्यान्ह बाह्र बजेदेखि लागू हुने गरी प्राधिकरणले दैनिक आठ घण्टा लोडसेडिङ हुने जनाएको छ। मुलुकको सबैभन्दा ठूलो एक सय चौवालिस मेगावाट क्षमताको काली गण्डकी ए जलबिद्युत केन्द्र मर्मतका लागि आजदेखि एक साताका लागि बन्द हुने भएकाले लोडसेडिङको समय बृद्धि गर्नु परेको प्राधिकरणले जनाएको छ।

कालीगण्डकी ए जलबिद्युत केन्द्रका इन्जिनीयर गिरबहादुर केसीका अनुसार केन्द्रमा जडान गरिएका तीनवटा टर्वाइन मध्ये दुई नम्बर टर्वाइनमा पानी पठाउने पाइपमा समस्या देखिएपछि मर्मत गर्नु परेको हो। मर्मतका लागि बाँधबाट बिद्युत गृहसम्म लगिएको पानी नै बन्द गर्नु पर्ने भएकाले मरमत अबधीभर बिद्युत उत्पादन पूर्ण रुपमा बन्द हुने छ। मतरमतका लागि समय थप हुन सक्ने समेत बताइएको छ। प्राधिकरणले सो जलबिद्युत केन्द्रको मरमतपछि पुनः साविक बमोजिमकै समयमा लोडसेडिङ हुने पनि जनाएको छ।।

Posted in:

0 comments for "आजदेखि लोडसेडिङको समय थप, अब दैनिक आठ घण्टा, काली गण्डकी जलविद्युत केन्द्रमा समस्या"

Leave a reply