अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा एक नेपाली युवा मृत अवस्थामा फेला
अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा एक नेपाली युवा मृत अवस्थामा फेला परेका छन्। मृतक सानज्यासिन्टो कलेजमा अध्ययनरत काठमाडौं घर भएका पुकार क्षेत्री रहेको अमेरिकाबाट प्रकाशित हुने नेपाली पोष्ट अनलाइन पत्रिकाले जनाएको छ। पुकारको शवलाई परिक्षणको लागि स्थानीय ह्युस्टन प्रहरीले लगेको छ। क्षेत्रीले पसल बन्द गर्ने क्रममा आफुले आफैलाई कन्चटमा गोली हानी आत्महत्या गरेको सेक्युरिटी क्यामरामा देखिएको प्रहरीले जनाएको सो अनलाइन पत्रिकाले उल्लेख गरेको छ।।
Posted in:

0 comments for "अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा एक नेपाली युवा मृत अवस्थामा फेला"
Leave a reply