प्रनेस बेलायतको क्षेत्रीय समिति गठन

Rana Bahadur Kc
President
Progressive Nepali Samaj UK


अल्डरसट÷प्रगतिशील नेपाली समाज बेलायत (पीएनएस यूके) को व्ल्याक वाटर भ्याली क्षेत्रीय समिति गठन गरिएको छ । यही ८ अगस्टमा अल्डरसटस्थित स्पाइस जोन रेस्टुरेण्टमा भएको वृहत भेलाले कपिल श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय क्षेत्रीय समिति गठन गरेको हो । जसअनुसार उपाध्यक्षमा पुरन गिरी, सचिवमा सुमन गैरे, कोषाध्यक्षमा मिठूलाल विश्वकर्मा रहुन भएको छ । त्यसैगरी सदस्यहरुमा राजकुमार गुरुङ, टंक सुवेदी, लक्ष्मण गुरुङ, राजु गैरे, शीला श्रेष्ठ, धर्मराज राई र राजेन्द्र गुरुङ रहनु भएको छ । उक्त क्षेत्रीय समितिले अल्डरसट, फानबरो, क्याम्बर्ली, स्याण्हस्र्ट लगायतका क्षेत्रहरुलाई समेटेको छ ।
उक्त भेलाको प्रमुख अतिथि प्रगतिशील नेपाली समाज बेलायतका केन्द्रीय अध्यक्ष रणबहादुर केसी रहनु भएको थियो । भेलामा अध्यक्ष केसीले पीएनएस यूकेको आवश्यकता र औचित्यमाथि प्रकाश पार्दै मुलुकको समसामयिक राजनीतिक सन्दर्भमा चर्चा गर्नु भएको थियो । वहाँले पीएनएस यूके बेलायतका नेपालीहरुको हकहितको लागि समेत गठन भएको बताउँदै सो संगठनमा आवद्ध भई नेपालको शान्ति प्रकृयालाई सफल पार्ने कार्यमा सहयोग पु¥याउन पनि सम्पूर्ण नेपाली समुदायमा अनुरोध गर्नु भयो ।
अध्यक्ष केसीले सो अवसरमा सन २०११ मा बेलायतमा हुन लागेको जनगणनामा इथिनिसिटीमा नेपाली लेख्न नविर्सन पनि बेलायतबासी नेपाली समुदायमा आग्रह गर्नु भयो ।
सो भेलामा समाजका केन्द्रीय सचिवालय सदस्य ठाकुर शर्मा र सदस्य पुरन गिरीले प्रनेसका गतिविधि, वर्तमान अवस्था र भावी कार्यक्रमको बारेमा चर्चा परिचर्चा गर्नु भएको थियो । सचिव सुमन गैरेद्वारा सञ्चालित कार्यक्रममा समितिका अध्यक्ष कपिल श्रेष्ठले उपस्थित सबैलाई धन्यवाद दिनु भएको थियो ।

pnepalisamaj@gmail.com

Posted in:

0 comments for "प्रनेस बेलायतको क्षेत्रीय समिति गठन"

Leave a reply