आज साउनको अन्तिम सोमबार, पशुपति लगायत देशका प्रमुख शिव मन्दिरहरुमा दर्शनार्थीहरुको बिहानैदेखि घुँइचो

आज साउन महिनाको अन्तिम सोमबार। एक महिना अघि देखी सुरु भएको साउने सोमबार व्रत आजदेखी समापन हुँदैछ। भगवान शिवको पूजा आराधना गर्ने क्रममा साउन महिना भर शिव मन्दिरहरुमा जल चढाइन्छ। सत्ययुगमा समूद्र मन्थन हुँदा निस्केको कालकुट विष पान गरेपछि भगवान शिवलाई असह्य भएको र गोसाइकुण्ड पुगी त्रिशुल प्रहार गर्दा निस्केको जलबाट शितलता प्राप्त भएको धार्मिक विश्वास छ।

र, यसैको सम्झनामा विभिन्न धार्मिक कुण्डहरुबाट जल ल्याई भगवान शिवलाई चढाउने र व्रत बस्ने परम्परा रहन गएको मानिन्छ। भगवान शिवप्रति आस्था राख्ने क्रममा भक्तजनले साउनको एक महिनाभरि माछामासु, जाँडरक्सी, प्याज, लसुनजस्ता खानेकुरा बार्दै हरेक सोमबार ब्रत बस्ने गर्दछन्। साउनमा शिवको व्रत बस्नाले सुखशान्ति मिल्ने, रोगब्याधीले नसताउने धार्मिक विश्वास रहेको छ। आज साउन महिनाको अन्तिम सोमबार भएका कारण देशभरका शिव मन्दिरमा भक्तालुको ठूलो भीड लागीरहेको छ।।

Posted in:

0 comments for "आज साउनको अन्तिम सोमबार, पशुपति लगायत देशका प्रमुख शिव मन्दिरहरुमा दर्शनार्थीहरुको बिहानैदेखि घुँइचो"

Leave a reply