आदिकवी भानुभक्त आचार्य बागलुङमा पढेको प्रमाण फेला
आदिकवी भानुभक्त आचार्यले बागलुङमा पढेको तथ्य फेला परेको छ। तात्कालिन अवस्थामा बागलुङ नगरपालिकास्थित गैरागाउँमा रहेको गुरुकुलमा भानुभक्तले पढेको प्रमाण भेटिएको हो। भानुभक्तका गुरु बागलुङकै बद्रीनाथ पन्त रहेको समेत प्रमाणको रुपमा पेश गरिएको छ।नेपाल रेडक्रस सोसाइटी बागलुङका पूर्व सभापति विश्वनाथ रेग्मी त्यस्तो तथ्य समेटिएको पत्र सार्बजनिक गर्नुभएको हो।
उक्त पत्रमा पण्डित गोपाल रेग्मीलाई पण्डित बद्रीनाथ पन्तले भानुभक्तबाट पाएको जग्गा दान दिएको समेत उल्लेख छ। आफूलाई पढाए बापत पण्डित बद्रीनाथ पन्तलाई भानुभक्तले तनहुँ जिल्लाको खाल्टे बेशीमादीको तिर पोल्याङ टार्घिया पानी कसमा सोह्र मुरी धान आउने खेत विर्तामा दिएको पत्रमा समेटिएको छ। साथै बद्रीनाथका नाती पण्डित जलशाही पन्तले विश्वनाथ रेग्मीका हजुरवुवा पण्डित गोपाल रेग्मीलाई विक्रम सम्वत उन्नाइस सय सत्सट्ठी साउन चार गते पाँच मुरी धान आउने खेत लिखित गरि विर्तामा दिएको पत्रमा उल्लेख छ।।

0 comments for "आदिकवी भानुभक्त आचार्य बागलुङमा पढेको प्रमाण फेला"
Leave a reply