झापाका सम्पूर्ण चिया उद्योग अनिश्चितकालीन बन्द
झापाका दुई दर्जन भन्दा बढी चिया उद्योगहरु खुलेको एक साता नवित्दै पुनः बन्द भएका छन्। चिया किसान र उद्योगीहरुबीच चियाको हरियो पत्तिको मूल्यको विषयमा पटक पटक भएका सहमति कार्यान्वयन नभएपछि चिया विवाद बल्भि्कएको हो। किसानहरुले दुर्व्यवहार गर्ने र धम्की दिने गरेको भन्दै उद्योगीहरुले आजदेखि अनिश्चितकालका लागि चिया उद्योगहरु बन्द गराएका छन्। चियापत्तिको मूल्य निर्धारण गर्न गठित सहजकर्ता समिति, चिया उत्पादक संघ र साना चिया किसानबीच भएको सहमति कार्यान्वयन गर्न चिया उत्पादक संघलाई दवाव दिइँदै आएको छ। नेपाली साना किसानहरुले भारतमा भए सरहको मूल्यको माग गर्दै आएका छन्।
Posted in:


0 comments for "झापाका सम्पूर्ण चिया उद्योग अनिश्चितकालीन बन्द"
Leave a reply