प्रहरी दमनबिरुद्व नेबिसंघद्वारा चक्काजाम

काठमाडौंको थापाथली इन्जिनियरिङ् क्याम्पसमा आफ्ना कार्यकर्तामाथि प्रहरीले दमन गरेको विरोधमा नेपाल विद्यार्थी सङ्घले काठमाडौंका क्याम्पसहरु अगाडि शुक्रबार चक्काजाम गरेको छ । आफ्ना कार्यकर्ता सुदीप शर्मामाथिको आक्रमणमा संलग्नलाई पक्राउ गर्नुपर्ने र प्रहरी दमन बन्द गर्नुपर्ने नारा लगाउँदै विद्यार्थीहरुले विहान ८ बजेदेखि आधाघण्टा क्याम्पसहरु अगाडि चक्काजाम गरेको नेविसंघ सहमहामन्त्री नीलकण्ठ रिजालले जानकारी दिनुभयो । बिहिबार थापाथली इन्जिनियरिङ कलेज अगाडी प्रदर्शनमा उत्रिएका नेविसंघका विद्यार्थीहरुमाथि प्रहरीले दमन गर्दा केन्द्रीय कोषाध्यक्ष कुन्दनराज काफ्ले, गणेश भट्ट, दिनेश थपलिया लगायत घाइते हुनुभएको थियो । नेविसंघका सुदिप शर्मालाई गएको साउन १७ गते आक्रमण गरेका एमाले युथफोर्स कार्यकर्तालाई कारबाही माग गर्दै नेविसंघ कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

Posted in:

0 comments for "प्रहरी दमनबिरुद्व नेबिसंघद्वारा चक्काजाम"

Leave a reply