गोरखा नगरपालिका आठ डल्लाभीरमा एम्बुलेन्स दुर्घटना हुँदा तीन जनाको मृत्यु, चार जना घाइते
विरामी बोक्ने एम्वुलेन्स नै दुर्घटना हुँदा गोरखामा तीन जनाको मृत्यु भएको छ। सदरमुकामस्थित खोलखोले भन्ने स्थानमा गएराति बंुकोट स्वास्थ्य चौकीको एम्वुलेन्स दुर्घटना हुदाँ एम्वुलेन्समा रहेका तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भएका छन। बंुकोटबाट कुलोमा ढली वेहोस भएका पोखरा पार्दीका वि48णु श्रेष्ठलाई गोरखा अस्पतालमा उपचार गरी थप उपचारको लागी पोखरा लाने क्रममा ग. १ ज ५५१३ नम्बरको एम्वुलेन्स दुर्घटना भएको हो। दुर्घटनामा बंुकोट, एक की ४५ वर्र्षीय लीला श्रेष्ठ, वर्षीय ५५ का गोपीलाल श्रेष्ठ र बुंकोट ६ का ३५ वर्र्षीय प्रेम श्रेष्ठको घटना स्थलमा नै मृत्यु भएको हो। दुर्घटनामा फुजेल९ की ३१ वर्षीया बि48णु श्रेष्ठ, पोखरा पार्दीका ४५ वि48णु श्रेष्ठ, बुंकोट १ का मान वहादुर श्रेष्ठ र एम्बुलेन्स चालक बुंकोट ६ का ३० वर्षीय राजु श्रेष्ठ गम्भीर घाइते भएका छन। घाइते सबैको हात खुट्टा भाँचिनुका साथै टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ। घाइतेमध्ये वि48णु श्रेष्ठद्वयलाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ भने मान वहादुर श्रेष्ठ र चालक राजु श्रेष्ठलाई भरतपुर लगीएको छ। तीव्रगतिमा रहेको उक्त एम्वुलेन्स बाक्लो कुहिरोका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।

0 comments for "गोरखा नगरपालिका आठ डल्लाभीरमा एम्बुलेन्स दुर्घटना हुँदा तीन जनाको मृत्यु, चार जना घाइते"
Leave a reply