ग्यास सिलिण्डर पड्कँदा एकीकृत माओवादीका सभासद रामकुमारी यादव घाइते, वीर अस्पतालमा उपचार हुँदै, अध्यक्ष दाहाललगायत नेताहरु वीर अस्पतालमा

खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकीकृत नेकपा माओवादीकी सभासद रामकुमारी यादव गम्भीर घाइते हुनुभएको छ। ग्यास चुहिएपछि सिलिण्डर बन्द गर्न खोज्दा उहाँको शरिशमा आगो सल्किएको हो।
टाउकोभन्दा तलको भाग सबै जलेर गम्भीर घाइते यादवको बीर अस्पतालमा उपचार भइरहेको छ। तिनकुनेस्थित कान्तिपुर अस्पतालमा प्रारम्भिक उपचार गरी यादवलाई थप उपचारका लागि बीर अस्पताल ल्याइएको हो। यादवको स्वास्थ्यस्थिति बुझ्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल आज विहानै बीर अस्पताल पुग्नु भएको छ। यसैगरी माओवादी बरिष्ठ उपाध्यक्ष मोहन बैद्य, डा. बाबुराम भट्टराई लगायतका केन्द्रीय नेताहरुले अस्पताल पुगी यादवको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको छ। चिकित्सकका अनुसार यादवको अवस्था चिन्ताजनक रहेको छ।
सभासद यादव धनुषा क्षेत्र नम्बर छ बाट संविधानसभामा निर्वाचित हुनुहुन्छ।

Posted in:

0 comments for "ग्यास सिलिण्डर पड्कँदा एकीकृत माओवादीका सभासद रामकुमारी यादव घाइते, वीर अस्पतालमा उपचार हुँदै, अध्यक्ष दाहाललगायत नेताहरु वीर अस्पतालमा"

Leave a reply