नेपाली सेनाद्वारा करिव तीन हजार दरबन्दीका लागि भर्ना प्रक्रिया सुरु

नेपाली सेनाले विभिन्न पदमा गरी करिव तीनहजार पाँच सयको संख्यामा भर्ना आह्वान गरेको छ। विभिन्न कारणले रिक्त रहेका ती पदमा पदपुर्तिका लागि भर्ना आह्वान गरिएको सेनाले जनाएको छ। नेपाली सेनाको कार्यरथी बिभागले आज बिज्ञापन सार्वजनिक गरी भर्ना आह्वान गरेको हो। सेनाले यस पटक अधिकृतस्तरमा पनि भर्ना आह्वान गरेको छ।

सेनाले अधिकृतस्तरमा दुई सय पचासको संख्यामा भर्ना आह्वान गरेको छ जवान पदमा दुइहजार छ सय पचास तथा अन्यमा पाँच सय चौसट्टी संख्यामा भर्ना आह्वान गरिएको छ। पन्चान्नब्बे हजार दरबन्दी रहेको नेपाली सेनामा अझै करिव पाँच हजार दरबन्दी रिक्त रहेको बताइएको छ। बिस्तृत शान्ति सम्झौतापछि सैन्य भर्ना बिवादित बन्दै आएको छ। तर, गत साता सर्वोच्च अदालतले सैन्य भर्ना सम्बन्धि बिषय अदालती विषय नभएको भन्दै अदालतमा परेको मुद्धा खारेज गरेपछि नेपाली सेनाले यति ठुलो संख्यामा भर्ना आह्वान गरेको हो।।

Posted in:

0 comments for "नेपाली सेनाद्वारा करिव तीन हजार दरबन्दीका लागि भर्ना प्रक्रिया सुरु"

Leave a reply