एसएलसी पुरक परीक्षा शुरु

आजदेखि देशभर नै एसएलसी पुरक परीक्षा शुरु भएको छ ।
आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षामा १ लाख ३ हजार ७ सय ११ परीक्षार्थीले परीक्षा दिइरहेका छन् । २ सय ३४ परीक्षा केन्द्रमा अहिले परीक्षा शान्तिपुर्ण रुपमा भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा भदौ ६ गते सम्म संचालन हुने छ । गत असार १८ गते प्रकाशित एसएलसी नतिजामा दुई विषयमा अनुतिर्ण विद्यार्थीलाई पुरक परीक्षामा समावेश हुने व्यवस्था गरिएको हो ।
यसैविच प्रश्नपत्रको अपुग हुदां स्याङजाको वालिङमा प्रश्नपत्रको फोटोकपी गरि परीक्षा संचालन गरिएको छ । स्यांग्जाको ७ वटा केन्द्र मध्ये भूतपूर्व सैनिक उच्चमावी केन्द्रमा प्रश्नपत्र अपुग भएको हो । पश्नपत्र अपुग भएपछि फोटोकपी गरि परीक्षा संचालन गरिएको टीभी जर्नालिष्टले जनाएका छन् । स्याङजामा २ हजार ८ सय ४४ विद्यार्थी सहभागि छन् ।

Posted in:

0 comments for "एसएलसी पुरक परीक्षा शुरु"

Leave a reply