इराकमा तैनाथ अमेरिकी सेनाको अन्तिम कमब्याट ब्रिगेड फिर्ता
इराकमा तैनाथ अमेरिकी सेनाको अन्तिम कम्ब्याट ब्रिगेडले इराक छाडेको छ। कम्ब्याट ब्रिगेड सैनिक अन्तरगतको चौथो स्ट्राइकर ब्रिगेड र दोस्रो इनफ्यान्ट्री डिभिजनले कुवेतको बाटो हँुदै आज बिहानै इराक छाडेको बताइएको छ। यद्यपी पेन्टागनले भने अमेरिकी सेनाको कम्ब्याटले इराक छाडेको विषयको पुष्टि भने गरेको छैन। इराकमा तैनाथ अमेरिकी कम्ब्याट ब्रिगेड सैनिकले आगामी ३१ अगस्टका दिन इराक छाड्ने बताइएको थियो। ४ हजारको संख्यामा रहेका अधिकांश स्ट्राइकर ब्रिगेडका सैनिक भारी हतियार र सैनिक बाहनसँगै इराकबाट बाहिरिएको बताइएको छ। मरुभूमि क्षेत्रको सडकबाट उनीहरु इराकबाट बाहिरिने क्रम आगामी केही दिनसम्म चलिरहने बताइएको छ। अमेरिकाले लगभग ५६ हजार आफ्ना सैनिक इराकमा आगामी वर्षसम्म रहने जनाएको छ। सो अवधीमा ती सैनिकले इराकमा रहेका अतिवादी संगठनलाई परास्त गर्न इराकी सुरक्षाकर्मीलाई प्रशिक्षित बनाउने बताइएको छ। अमेरिकी राष्ट्रपति बाराक ओबामाको प्रशासनले इराकबाट सन् २०११ को अन्त्यसम्ममा सवै अमेरिकी सैनिकलाई अमेरिका बोलाइने योजना बनाएको छ।

0 comments for "इराकमा तैनाथ अमेरिकी सेनाको अन्तिम कमब्याट ब्रिगेड फिर्ता"
Leave a reply