सात जना यात्रु बोकेको डुंगा महाकाली नदीमा दुर्घटना, दुई जना बेपत्ता, पाँच जना पौडेर बाँच्न सफल

बैतडीको पञ्चेश्वरस्थित महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्। पाँच जना भने पौडेर बाँच्न सफल भएका छन्। उक्त डुंगामा सात जना यात्रु रहेका थिए। भारतबाट नेपाल तर्फ आउँदै गरेको डुङ्गा डुब्दा स्थानीय सुरेश धामी र शिव लोहार बेपत्ता भएका छन। नदीमा पानीको वहाब अत्यधिक भएका कारण बेपत्ताको खोजी गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ। घटनास्थल सदरमुकाम खलङ्गाबाट पश्चिमतर्फ दुई दिनको पैदल दूरीमा पर्छ।।

Posted in:

0 comments for "सात जना यात्रु बोकेको डुंगा महाकाली नदीमा दुर्घटना, दुई जना बेपत्ता, पाँच जना पौडेर बाँच्न सफल"

Leave a reply