मध्य यूरोपमा आएको बाढीका कारण कम्तिमा पन्ध्र जनाको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या एकसय सत्ताइस पुग्यो, पाकिस्तानमा राहत वितरणमा कठिनाई
उत्तरी पाकिस्तानको दुई वटा गाउमा लगातारको भिषण वर्षाका कारण पहिरो गएको छ। अधिकारीहरुले पहिरोमा पुरिएका २८ वटा शव निकालिएको र सो पहिरोमा २५ जना हराइरहेको बताएका छन्। बाढी र पहिरोका कारण लाखौ मानिस प्रभावित भएको समयमा वर्षाले स्थिति झन गम्भीर बनाएको छ। भिषण वर्षापछिको बाढी र पहिरोमा परी पाकिस्तानमा १६ सय भन्दा बढीको मृत्यु भैसकेको छ भने १ करोड ४० लाख मानिस प्रभावित भएका छन्। पहिरोका कारण हराइरहेका मानिसहरुको खोजी कार्य तिव्र बनाइएको छ। यसैगरी लोअर डिर प्रान्तमा नदीले बगाएर कम्तिमा १६ जनाको मृत्यु भएको छ।।
भीषण वर्षापछि आएको बाढी पहिरोका कारण चीनमा कम्तीमा एक सय सत्ताइस जनाको मृत्यु भएको छ भने १३ सय जना वेपत्ता भएका छन्। तिब्बतको स्वायत्त प्रान्त गान्सूको झोकूमा शनिबारदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले सो धन जनको क्षति पुर्याएको समाचारमा उल्लेख छ। बाढी र पहिरो प्रभावित क्षेत्रबाट करिब पैंतालिस हजार मानिसलाई सुरिक्षत स्थानतर्फ सारिएको छ। बाढी तथा पहिरोको समाचार प्रकाशमा आएपछि चिनियाँ प्रधानमन्त्री वेन जिया वाओले गान्सु क्षेत्रको भ्रमण गरेका छन्। बाढीले झोकू काउन्टीको मुख्य जलविद्युत् गृहमा क्षति पुर्याएको छ। मे महिनादेखि बाढी पहिरोका मारमा परिरहेको चीनमा पछिल्लो बाढीका कारण करिब पचास हजार मानिस प्रभावित हुन पुगेको सिन्ह्वा समाचार समितिले जनाएको छ। बाढीले झोकू काउन्टीको करिव आधा भू–भाग डुबानमा पारेको चिनियाँ अधिकारीले जनाएका छन्। बाढी र पहिरोपछि सडकमा करिब एक मिटर गहिरो हिलो थुप्रिएपछि हराइरहेका मानिसको खोजी कार्यमा कठिनाइ भएको बताइएको छ।।
मध्य यूरोपमा बाढीका कारण कम्तिमा १५ जनाको मृत्यु भएको छ। बाढीका कारण पोल्याण्ड र जर्मनी सबै भन्दा बढी प्रभावित भएको छ। दक्षिण पश्चिम पोल्याण्डको बोगाटिनीयामा नदीको पानी आवाशिय इलाकाहरुमा पसेपछि अवस्था अस्तव्यस्त भएको छ। सो क्षेत्रको आवाशिय इलाका जलमग्न भएको हुनाले दैनिक जीवन प्रभावित बनेको छ। यसैगरी पूर्वि जर्मनीको गोएर्लीज क्षेत्रमा पनि बाढी पसेको छ। सो क्षेत्रमा रहेको शहरी इलाका र ग्रामिण बस्तिहरु बाढीका कारण प्रभावित बनेको छ। पोल्याण्ड र जर्मनीको सिमा क्षेत्रमा पर्ने नेइजे नदीमा पानीको सतह बढेर खतराको चिन्हभन्दा माथि पुगेको छ। यसैगरी बाढीका कारण चेक गणतन्त्र र लिथूनिया पनि प्रभावित बनेको छ।।

Posted in:

0 comments for "मध्य यूरोपमा आएको बाढीका कारण कम्तिमा पन्ध्र जनाको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या एकसय सत्ताइस पुग्यो, पाकिस्तानमा राहत वितरणमा कठिनाई"
Leave a reply