उम्मेदवारी फिर्ता नलिए साना १३ दल आन्दोलनमा जाने

संविधान सभाका साना एक दर्जन दलले राष्ट्रिय सहमतिका लागि स्पष्ट्र खाका बनाएर प्रधामन्त्रीका दुवै प्रत्यासीलाई उम्मेदवारी फिर्ता लिनका लागि आग्रह गरेका छन् । साना १३ दलको बिहिबार काठमाडौंमा बसेको बैठकले प्रधानमन्त्रीका प्रत्यासीलाई सहमतिय राजनीतिका लागि उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा.प्रकासचन्द्र लोहनीले सञ्चारकर्मीहरुलाइृ जानकारी दिनुभयो । उहाँले शान्ति र संविधानका लागि तीन ठुला दलले प्रतिवद्धता जनाउनु पर्ने पनि बताउनु भएको छ ।
त्यसै गरेर साना दलहरुले भदौ ७ गते भित्र प्रधानमन्त्रीय निर्वाचन र सहमतिय राजनीतिका बिषयमा टुङगो लगाउनु पर्ने भन्दै छिनोफानो गर्न ठुला दललाई चेतावनी दिएका छन् । उनिहरुले ठुला तीन दलले मुलुकलाई बन्धक बनाएको भन्दै चर्को बिरोध गरेका छन् ।
बैठकमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, सद्भावना पार्टी, राजपा, राप्रपा, चुरेभावर राष्ट्रिय एकता पार्टी, नेकपा माले लगायतका दलहरुको सहभागिता रहेको थियो ।

Posted in:

0 comments for "उम्मेदवारी फिर्ता नलिए साना १३ दल आन्दोलनमा जाने"

Leave a reply