नवलपरासीमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा दुई जनाको मृत्यु
रोकी राखेको ट्रकसँग यात्रुबाहक बस ठोक्किँदा आज बिहान नवलपरासीमा दुई जनाको मृत्यु भएको छ। मृतकको सनाखत भने हुन सकेको छैन। दुर्घटनामा अठार जना घाइते भएका छन। घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको छ। धनगढीबाट काठमाडौं जाँदै गरेको ना तीन ख तेत्तिस पैतालिस नम्बरको बस पूर्ब पश्चिम राजमार्गको प्रशौनी सडकख48डमा रोकी राखेको ना तीन ख बैसट्ठी चालिस नम्बरको ट्रकसँग ठोक्ँिकदा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेको काली ग48डकी र मध्यबिन्दु अस्पताल कावासोतीमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Posted in:

0 comments for "नवलपरासीमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा दुई जनाको मृत्यु"
Leave a reply