नेकपा एमाले केन्द्रीय कमिटीको बैठक पार्टी मुख्यालय बल्खुमा
नेकपा एमालेे केन्द्रीय कमिटीको बैठक आज बस्दै छ। बिहान एघार बजेपछि पार्टी मुख्यालय बल्खुमा बस्ने बैठकमा व्यवस्थापिका संसदमा जारी प्रधानमन्त्री निर्वाचनका विषयमा प्रमुख रुपमा छलफल हुने छ। राष्ट्रिय सहमतिको सरकार गठन हुनु पर्ने भन्दै प्रधानमन्त्री निर्वाचनमा तटस्थ बस्दै आएको एमालेले आजको बैठकमा सहमतिका लागि हालसम्म भएको छलफल र प्रगतिको समीक्षा गर्ने बताइएको छ। यस अघिको बैठकमा पनि तटस्थ बस्ने निर्णय गरेको एमालेले आजको बैठकमा भने सहमतिको प्रयास असफल भएको निष्कर्ष निकालेमा निर्णय परिवर्तन गर्न सक्ने बताइएको छ। तर, अध्यक्ष झलनाथ खनाल पक्षधर नेताहरु प्रधानमन्त्रीका दुवै उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिई नयाँ प्रक्रियाबाट सहमतिमै प्रधानमन्त्री चयन गर्नु पर्ने पक्षमा रहेकाले आज पनि पुरानो निर्णय परिवर्तन हुन सक्ने संभावना भने कमै रहेको छ। प्रभावशाली नेता केपी ओली पक्षधर नेताहरु सहमतिको प्रयास असफल भएको भन्दै मतदानमा सहभागी हुनु पर्ने पक्षमा रहेका छन्।
Posted in:


0 comments for "नेकपा एमाले केन्द्रीय कमिटीको बैठक पार्टी मुख्यालय बल्खुमा"
Leave a reply