अमेरिकी सेनाको हत्याका आरोपी उमर कादर सम्बन्धित मुद्दामा आठ वर्षपछि सुनुवाइ सुरु, नाबालिगको मुद्दा सैनिक अदालतमा लैजान नुहने राष्ट्रसंघको सुझाव
संयुक्त राष्ट्रसंघले नावालिग अवस्थामा पक्राउ परी ग्वान्तानामो बन्दी गृहमा रहेका क्यानाडाली नागरिक उमर कादर बिरुद्ध सैनिक अदालतमा मुद्धा चलाउन नसकिने जनाएको छ। आठ बर्ष अघि अमेरिकी सेनामाथि ग्रिनेड प्रहार गरेको अभियोगमा अफगानिस्तानबाट पक्राउ परी ग्वान्तानामो बन्दी गृहमा रहेका कादर सम्बन्धि मुद्धामा सुनुवाई सुरु भएकै बेला राष्ट्रसंघले यस्तो जनाएको हो।
बालबालिका मामिला हेर्ने राष्ट्रसंघीय विशेषदूत राधिका कुमारास्वामीले नाबालिग बालबालिकाको मामलामा न्यायको मापदण्ड स्पष्ट भएको र उनीहरुका बिरुद्ध सैन्य अदालतमा मुद्धा चलाउन नसकिने बताउनुभयो। हाल तेइस वर्षीय कादरको सुनुवाइ ग्वान्तानामो खाडीस्थित एक अमेरिकी सैन्य आयोगमा भइरहेको छ। उनका वकिलले कादरलाई जवरजस्ती युद्धमा लगाइएको बयान दिएका छन्।
बाराक ओवामा अमेरिकी राष्ट्रपतिपछि उक्त बन्दीगृहमा भएको यो पहिलो सुनुवाई हो। ओबामाले आगामी जनवरीसम्ममा ग्वान्तानामो खाडीमा रहेको विवादित बन्दी गृह बन्द गर्ने प्रतिबद्धता प्रकट गरिसक्नु भएको छ। पन्ध्र वर्षको उमेरमा पक्राउ परेका कादरले भने हत्याको आरोप स्वीकार गराउन आफूलाई यातना दिइएको बताएका छन्।।

0 comments for "अमेरिकी सेनाको हत्याका आरोपी उमर कादर सम्बन्धित मुद्दामा आठ वर्षपछि सुनुवाइ सुरु, नाबालिगको मुद्दा सैनिक अदालतमा लैजान नुहने राष्ट्रसंघको सुझाव"
Leave a reply