माओवादीलाई सरकार नेतृत्वको दावी नगर्न एमालेका नेता केपी ओलीको सुझाव
नेकपा एमालेका नेता केपी ओलीले एकीकृत नेकपा माओवादीलाई सरकार नेतृत्वको दावी नगर्न सुझाव दिनुभएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आइतबार राजधानीमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा नेता ओलीले माओवादीको नेतृत्वमा द्वन्द व्यवस्थापन गर्न उसैलाई अप्ठेरो पर्ने दावी गर्नु भयो। राष्ट्रिय सहमतिको लागि प्रधानमन्त्रीको राजीनामा मागिए पनि माओवादीकै कारण सहमति जुट्न नसकेको उहाँको आरोप थियो।
कार्यक्रममा डडेलुधरा टिम अस्पतालका चिकित्सक अरुण बुढालाई यो वर्षको प्रकाश मानवअधिकार पुरस्कारबाट सम्मानित गरिएको थियो।।
Posted in:

0 comments for "माओवादीलाई सरकार नेतृत्वको दावी नगर्न एमालेका नेता केपी ओलीको सुझाव"
Leave a reply