संविधानसभाको विषयगत समितिहरुमा रहेका विवाद मिलाउन प्रमुख तीन दलका नेताहरुबीच छलफल
मुख्य दलहरुबीचको विवादका कारण संबिधान निर्माण कार्यतालिकामा असर पुग्ने भएपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आज प्रमुख तीनदलका नेताहरुसँग छलफल गर्नुभएको छ। एकिकृत नेकपा माओवादी, नेपाली काग्रेस र नेकपा एमालेका नेताहरुसँग संबिधानसभा भवन नयाँ वानेश्वरमा भएको छलफलमा अध्यक्ष नेम्वाङले संविधानका विवादित विषयहरुमा छिटो सहमति जुटाउन नेताहरुलाई आग्रह गर्नुभएको थियो। संबिधानसभा अर्न्तगतका विभिन्न विषयगत समितिहरुमा नमिलेका बिषयमा प्रतिवेदन अध्ययन सुझाव समितिले टुङ्गो लगाउन नसकेको बिषयमा पनि कुराकानी भएको संविधानसभा अध्यक्ष नेम्वाङले जानकारी दिनुभयो। छलफलमा सहभागि नेताहरुले पनि संविधानका विवादास्पद विषयमा सहमति खोज्ने प्रयास भएकेा बताउनुभयो।
छलफलमा एकिकृत माओवादीका सचेतक पोष्टबहादुर वोगटी, नेपाली काग्रेसका सचेतक ल73मण घिमिरे र नेकपा एमालेका सचेतक भिम आचार्य लगायत सहभागि हुनुहुन्थ्यो। संविधानसभाको म्याद एक बर्ष थप गरिएपनि दलहरुबीच सहमति नजुट्दा संविधान निर्माण प्रक्रिया अगाडी बढ्न सकेकेा छैन। मुख्य दलहरुबीच राज्यको शासकीय स्वरुप, कार्यकारी अधिकार, निर्वाचन प्रणाली लगायतका विषयमा विवाद रहदै आएको छ।

0 comments for "संविधानसभाको विषयगत समितिहरुमा रहेका विवाद मिलाउन प्रमुख तीन दलका नेताहरुबीच छलफल"
Leave a reply