सप्तरी राजविराज नगरपालिका वडा नम्बर दशका पन्ध्र वर्षीय किशोर सुरेश यादव अपहरणमा

सप्तरीको राजविराज नगरपालिका वडा नम्बर दशका पन्ध्र वर्षीय किशोर सुरेश यादव अपहरणमा परेका छन्। विहान करिव तीन बजेको समयमा आठ दश जनाको संख्यामा आएका हतियारधारी समूहले उनलाई घरबाटै अपहरण गरेको बताइएको छ।

अपहरित यादवका बाबु नारायण यादव सप्तरी जिल्लाको महादेवा गाविस सचिव पदमा कार्यरत छन्। अपहरणकारी र बालकको खोजी तीब्र पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।।

Posted in:

0 comments for "सप्तरी राजविराज नगरपालिका वडा नम्बर दशका पन्ध्र वर्षीय किशोर सुरेश यादव अपहरणमा"

Leave a reply