सभासदद्वय मातृका यादव र जगत यादवको सभासद खारेज
पुनरगठित नेकपा माओवादीका सभासदद्वय मातृकाप्रसाद यादव र जगतप्रसाद यादवको सभासद् पद खारेज भएको छ। सभासद यादवद्वय एकीकृत नेकपा माओवादीका समानुपातिक तर्फका सभासद् हुन्। पार्टी परित्याग गरी नयाँ पार्टी स्थापना गरेपछि माओवादीले दुवै जनाको सभासद् खारेज गर्ने निर्णय गरेको थियो। तर, सभासद पद कायम गरियोस् भन्ने माग सहितको रिट दुवै जनाले सर्वोच्च अदालतमा दायर गरेका थिए। सर्वोच्च अदालतमा बुधबार भएको न्यायाधीशत्रय बलराम केसी, रणबहादुर बम र मोहनप्रकाश सिटौलाको पूर्ण इजलाशले उक्त रिट नै खारेज गरिदिएपछि उनीहरुको सभासद् पद खारेज भएको हो। यादवद्वयले तत्कालीन नेकपा माअेावादी दलको प्रतिनिधित्व गरी सभासद पद प्राप्त गरेको र सो दलको हाल कानूनी अस्तित्व नै समाप्त भएको इजलाशको ठहर छ। रिट खारेजीपछि यादवद्वयको स्थानमा अर्का व्यक्तिलाई नियुक्त गर्न माओवादीलाई बाटो खुलेको छ।

0 comments for "सभासदद्वय मातृका यादव र जगत यादवको सभासद खारेज"
Leave a reply