दैलेख नौमुलेका स्थानीय जनताको सहकार्यबाट नौमुलेमा चौबिसै घण्टा उज्यालो

राजधानी लगायत मुलुकका ठूला मानिएका शहरका मानिसले दैनिक लोडसेडिङ्गको मार खेपिरहेका बेला द्वन्द्वप्रभावित दैलेखको नौमुलेका जनता भने चौबिसै घण्टा उज्यालोमा रमाइरहेका छन्। स्थानीय लोहोरे खोलाबाट विद्युत् निकालेपछि नौमुले र आसपासका गाउँमा अहिले लोडसेडिङको समस्या छैन। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम यूएनडीपीको सहयोगमा जिल्ला विकास समिति उर्जा तथा वातावरण शाखाले स्थानीय जनताको सहकार्यमा लोहोरे खोलाबाट २१ किलोवाट विद्युत् उत्पादन गरेको छ।

उज्यालोका लागि दियालो र टुकी बाल्न बाध्य नौमुलेका २ सय ४८ घरपरिवार सो विद्युत्बाट लाभान्वित भएका छन्। बिजुली वत्तीको उपयोगसँगै सो क्षेत्रका बासिन्दा विभिन्न आयमुलक व्यवसाय गरी आर्थिक उपार्जन गर्न पनि लागेका छन्। विद्युत्का कारण सामुदायिक मिल, केवल टेलिभिजन, कम्प्युटर इन्ष्टिच्युट, फोटोकपी र फ्याक्स जस्ता व्यवसाय सञ्चालन हुन थालेका छन्।।

Posted in:

0 comments for "दैलेख नौमुलेका स्थानीय जनताको सहकार्यबाट नौमुलेमा चौबिसै घण्टा उज्यालो"

Leave a reply