मुश्लिम धर्मावलम्बीको एक महिना लामो रमाजान पर्व आजदेखि सुरु

इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान आजदेखि सुरु भएको छ। एक महिनासम्म चल्ने रमजानमा विश्वभरका मुस्लिम उपवास बस्नुपर्छ जसलाई रोजा भनिन्छ। नेपाली मुस्लिम समुदायले पनि आज रातिदेखि रोजा बस्न सुरु गर्दछन। इस्लामको धर्मग्रन्थ कुरआनमा प्रत्येक बालिग मुस्लिमलाई रोजा बस्नु अनिवार्य छ। तर, बालबालिका, अशक्त र रोगी व्यक्तिलाई बाध्य पारिएको छैन। रोजा बस्ने व्यक्तिका लागि सूर्योदय हुनुभन्दा अघिदेखि सूर्यास्त नहुन्जेलसम्म कुनै पनि खानेकुरा खान, यौनसम्पर्क गर्न र कुनै पनि कुकर्म गर्नबाट रोक लगाइएको छ। रोजा बसेको बेला अर्काको कुरा काट्ने, झुटो बोल्ने, झगडा गर्ने, फजुल कुराकानी, अनावश्यक चीज सुन्ने र वर्जित गरिएका कुरा गरेमा रोजा समाप्त हुन्छ। रमजानमा मुस्लिमले गरिव र असहायलाई दान दिने गर्दछन् भने मस्जिदमा गएर सामूहिक रुपमा नमाज पढ्ने गरिन्छ।

Posted in:

0 comments for "मुश्लिम धर्मावलम्बीको एक महिना लामो रमाजान पर्व आजदेखि सुरु"

Leave a reply