त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले केही समयपहिले प्रकाशित गरेको विएस्सी तेश्रो वर्षको परीक्षाफलमा त्रिचन्द्र क्याम्पसका दुई सय विद्यार्थी क्वान्टम म्याथमेटिकल फिजिक्समा अनुत्तिर्ण

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले केही समयपहिले प्रकाशित गरेको विएस्सी तेश्रो वर्षको परीक्षाफलमा त्रिचन्द्र क्याम्पसका दुई सय विद्यार्थी क्वान्टम म्याथमेटिकल फिजिक्समा अनुत्तिर्ण भएका छन्। अनुत्तिर्ण विद्यार्थीहरुले आफूहरुलाई नियतबस फेल गरिएको भन्दै अख्तियारमा मुद्दा दर्ता गराएका छन्। यसैक्रममा विद्यार्थीहरुले मंगलबार शिक्षा सचिव दिपेन्द्रबहादुर थापालाई भेटी ज्ञापन पत्र बुझाएका छन्। उनीहरुले आफूहरुले न्याय पाउनुपर्ने र दोषी उपर कारबाही गरिनुपर्ने माग राखेका छन्। ज्ञापनपत्र बुझेपछि शिक्षा सचिव थापाले यस्तो प्रक्रिया दिनुभयो। यसअघि पीडित विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरु समक्ष आफ्ना माग राखेपनि कुनै सुनुवाई हुनसकेको छैन। अनुत्तिर्ण हुनेहरुमध्ये अधिकांशले अन्य विषयमा विशिष्ट अंक ल्याएका छन्।।

Posted in:

0 comments for "त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले केही समयपहिले प्रकाशित गरेको विएस्सी तेश्रो वर्षको परीक्षाफलमा त्रिचन्द्र क्याम्पसका दुई सय विद्यार्थी क्वान्टम म्याथमेटिकल फिजिक्समा अनुत्तिर्ण"

Leave a reply