पार्टीको रण्ननिति तय गर्न एमाले संसदीय दलको बैठक जारी
मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रधानमन्त्रीय निर्वाचनमा पार्टीको भुमिका लगायतका बिषयमा छलफल गर्न नेकपा एमालेको संसदीय दलको बैठक बसीरहेकोे छ । सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा प्रधानमन्त्रीय निर्वाचनमा पार्टीले लिएको रणनीति र अन्य विविध बिषयमा छलफल भएको एमालेले जनाएको छ । बैठकमा संस्थापन पक्ष र असन्तुष्ट पक्षवीच तटस्थ बस्ने पार्टीको निर्णयलाई लिएर आरोप प्रत्यारोप भएको छ ।
त्यसै गरेर केहि सभासदले माओवादीका लडाकु रहदा सम्म सरकार बनाउन सहयोग गर्न नसकिने भन्दै असन्तुष्टि जनाएका छन् । अन्य केहि सभासदले भने माओवादीसंग मिलेर जाने सुझाव दिएको बुझिएको छ ।
Posted in:

0 comments for "पार्टीको रण्ननिति तय गर्न एमाले संसदीय दलको बैठक जारी"
Leave a reply