'ज्वाइँ नारन ! मनीषा अब हजुरकै जिम्मा !'
अन्तर्राष्ट्रिय ब्रान्डमा दरिएको 'मरसिडिज बेन्ज' कार चढेर बेहुली लिन गोकर्ण फरेस्ट रिसोर्ट पुगेका उद्यमी सम्राट् दाहालले हरियो पन्नाजडित हीराको हार, झुम्का र कडामा सजिएकी दुलही मनीषा कोइरालालाई शनिबार अन्ततः पत्नीका रूपमा भित्र्याएका छन् ।
बौद्धबाट थलीतर्फ गुडिरहेको कालो रंगको मरसिडिज पछिपछि लस्करै गुडेका ४१ वटा कारमा करिब चार सय हाराहारी जन्ती बिहान १० बजे बेहुली लिन गोकर्ण पुगेका थिए । वैदिक परम्पराअनुसार कन्यादान लगायत कार्यक्रम सकिएको ६ घन्टापछि बलिउड नायिका मनीषालाई बेहुलीका रूपमा स्विकार्दै जन्ती महाराजगन्जस्थित दाहाल निवास फर्किएका थिए ।
भारतीय रजतपटमा कुनै बेला तहल्का मच्चाएकी नायिकालाई बुहारीका रूपमा पाउँदा दाहाल परिवार हषिर्त देखिन्थे, उनीहरूभन्दा ज्यादा जन्ती रमाइरहेका थिए । जन्ती अघिअघि हिँडेका बैन्डटोलीका १३ जनाले जब एकसाथ मनीषाले अभिनय गरेका हिन्दी सिनेमा 'मन' को 'तनकधीन ताना', '१९४२ अ लभ स्टोरी' को 'कुछ ना कहो', अग्निसाक्षीको 'इनकार कर्ना मुस्किल है' र क्रिमिनलको 'तुम मिले दिल खिले' को धुन निकाल्दा गोकर्णको माहौलमा रौनकता थपिएको थियो ।
बिहान ९ बजे महाराजगन्जस्थित निवासबाट हिँडेका जन्ती मनीषाले नै अभिनय गरेका हिन्दी सिनेमाका गीतको धुनमा नाच्दै रिसोर्टमा प्रवेश गरेका थिए । कम्मरमा खुकुरी भिरेर ढाकाको दौरा-सुरुवालमा ठाँटिएका बेहुला सम्राट्सहित जन्तीलाई मनीषाका बुवा प्रकाश, भाइ सिद्धार्थलगायत पुरुषहरूले स्वागत गरेका थिए । बेहुला चढेको गाडीको पूजासहित परिक्रमा सकिएपछि बेहुली पक्षले जन्तीलाई रिसोर्टको लवी हुँदै 'ज्याजग्राउन्ड' पुर्याएका थिए । जहाँ केराका चार थाम जोडेको मण्डप थियो । मण्डप वरिपरि ३१ वटा टेबुल र कुर्सी सजाएर राखिएको थियो । टेन्टभित्र सजाइएको समारोह स्थललाई थली र साँखुका ३५ जना प्रहरीसहित रिसोर्टका सुरक्षाकर्मीले पनि पहरा दिइरहेका थिए । निम्तालुबाहेक अन्यलाई प्रवेशमा निषेध गरिएको मण्डपछेउमा राखिएको हरियो सोफामा जब सम्राट् पुगे त्यसबेला मनीषा छेवैको 'राणा लज' मा शंृगारमा व्यस्त थिइन् । सोफामा एक्लै बसिरहेका ३५ वषर्ीय सम्राट् बधाई दिनेहरूलाई छिचोल्दै र छल्दै मनीषा बसेको राणा लजको 'स्विट' मा उक्लिएका थिए ।
चार पुरेतको सल्लाहमा साढे ११ बजे खुट्टा धुन सुरु भयो । बेहुलाबेहुलीको छेउमै चाँदीको करुवामा पानी बोकेर सिद्धार्थ उभिए । रातो टीका टपरीमा राखेर कोइराला परिवारका ब्राह्मण रामचन्द्र घिमिरे आए । सबैभन्दा पहिले मनीषाका बुवा प्रकाश र आमा सुष्माले 'ल ज्वाइँ नारन आजदेखि हाम्री छोरी तपाईंकै जिम्मा लगायौं' भन्दै खुट्टा धोइदिए ।
उनीहरूपछि कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालाले खुट्टा धोएको पानी सेतै रौं भएको शिरतर्फ छर्किए । टीका लगाउँदै हात जोडेर बिदा हुन लागेका सुशीललाई मनीषाकी आमा सुष्माले ठट्टा गर्दै भनिन्, 'सुशील दा खोइ दक्षिणा ?' सुशील हाँस्दै अकमक्क परे । बेहुला-बेहुलीलगायत सबै गलल्ल हाँसे । 'लिनुहोस्' पछाडिबाट सिद्धार्थले दुई खाम थमाए । सुशीलले दुवैलाई एक-एक खाम थम्याउँदै फेरि हात जोड्दै हाँस्दै कुर्सीतर्फ लागे ।
उनीपछि काठमाडौं, विराटनगर, भारत, अमेरिकाका कोइराला परिवार र आफन्तजनले खुट्टा धुन थाले । सिद्धार्थ र पत्नी कजाकिस्तानीमूलकी युलियाले पनि खुट्टा धोए । मनीषाकी आमाले सबै जनाबारे सम्राट्लाई परिचय गराइरहेकी थिइन्, 'उहाँ फुपूसासू, ऊ बहिनीकी छोरी, उहाँ विराटनगरको फलानो आदि आदि...!' सम्राट्ले सबैलाई नमस्कार फर्काइरहे । हिन्दी र अंग्रेजी बढी बोल्ने ५५ काटेकी मनीषाकी आमा सुष्मा बीचबीचमा छोरी र ज्वाइँसँग रेला पनि गरिरहेकी थिइन् । खुट्टा धुनेक्रममा बेहुलाकी दिदी शुभाश्री, मनीषाकी भाउजू सुष्मा शर्मा र संगी भारती पौडेल आफन्तजनले दिएका दक्षिणा संकलन गरिरहेका थिए । निधारमा टीका बढ्दै जाँदा मनीषालाई विगत १२ वर्षदेखि शृंगार गर्दै आएका भारतीय नागरिक अतुल कदम 'न्यापकिन पपेर' ले टीका मिलाउने र अनुहारको ख्याल गरिरहेका थिए ।
आफन्तसँगै बलिउड नायक ज्याकी श्राफ, खलनायक गुलसन ग्रोवर, नायिका सुमन रंगनाथन, मनीषाको बलिउडका पहिलो नायक विवेक मुश्रान, अभिनेत्री तथा निर्देशक दीप्ति नवल, गोविन्दाकी पत्नी सुनिता आहुजालगायत पनि खुट्टा धुन थाले । मण्डपमा उनीहरू पसेपछि फोटो खिच्नेका क्यामरा बढी सक्रिय भए । सञ्चारकर्मीलाई निषेध गरिएको कार्यक्रममा फोटो खिच्ने जन्तीको तँछाडमछाडले केहीबेर खुट्टा धुने माहौल बिथोलियो । भारतीय राष्ट्रवादी कंग्रेसका महासचिव डीपी त्रिपाठीलगायतले पनि खुट्टा धोए । सम्राट्ले खुट्टा छुनेलाई छल्दा छेउकै चकटीमा बसेकी मनीषा खित्का छाडेर हाँस्थिन् । खुट्टाको बूढी औंला र हत्केलाभित्र मात्रै मेहेन्दी लगाएकी मनीषा बेलाबेलामा गम्भीर देखिन्थिन् । कमजोरीका कारण उनलाई जुस खुवाइरहेका देखिन्थे । कानमा हीराको टप लगाएका सम्राट् पनि जुस खुवाउन पहल गरिरहन्थे ।
खुट्टा धुन सकिएपछि कन्यादान सुरु भयो । सम्राट्ले हरियो माछा काँडे छड्के तिलहरीका साथ पहेंलो र रातो पोते पहिर्याएपछि एक जोर कपडा र गहना थम्याए । घुम्टो ओढेकी मनीषा फेरि राणा लज गइन् । संगीनीको सहयोगमा शिरबन्दी, सुनको हार र रातो सारी चोलोमा फेरि मण्डपमा झरिन् । वैदिक कामपछि ब्राह्मणले सम्राट्लाई सिन्दूर हाल्न आग्रह गरे । दुलहाको छेउमै बसेकी हाल अमेरिका बस्दै आएकी उनकी दिदी शुभाश्रीले सिन्दूरको डिब्बा खोलेपछि मनीषाकी आमा 'माइतीले सिन्दूर हालेको नहेर है,' भन्दै मण्डपबाट बाहिर जमघटतर्फ लागिन् । सिन्दूर हालेपछि बेहुला-बेहुलीले माहुर खाए, बसाइ सारे, पासा खेले, पर्वतको पूजा गरे । अन्त्यमा सम्राट्ले जुत्ता लुकाउने सालीलाई १५ हजार 'फिरौती' तिरे ।
वैवाहिक कार्यक्रम चलिरहँदा छेउको बार खुल्ला थियो । जहाँ चिसो पेयदेखि बियर, जिन, स्कच पिउनेको भीड बाक्लै थियो । लेहेंगा, गाउन र सिल्पलेसमा ठाँटिएका युवती गोविन्दाको १४ वर्षे 'हेन्डसम छोरा' एस आहुजालाई जिस्क्याइरहेका देखिन्थे । केही युवती उनीसँग फोटो सेसन गर्न भ्याइरहेका थिए । जंगलको बीचमा रहेको रिसोर्टका सुरक्षाकर्मी 'सम्भावित बाँदर आतंक' को प्रतिकार गर्न मण्डपबाहिर गुलेली समातेर बसेका थिए ।
३०-४५ वर्षका महिला अधिक भएको समारोहमा सबैसँग हाते भिडियो र डिजिटल क्यामरा थियो । कोट पाइन्ट र ढाका टोपी लगाएका पुरुषको समेत सहभागिता रहेको समारोहमा हिन्दी र अंग्रेजी भाषी बढ्ता थिए । चार बजे बेहुलालाई सिद्धार्थ र बेहुलीलाई उनका मावली भाइ नीरज उपाध्यायले पिठयुुँमा बोक्दै गाडी चढाएपछि मनीषा हाँस्दै हात हल्लाउँदै आमा, बा र आफन्त छाडेर सम्राट्सँगै महाराजगन्जस्थित श्रीमान्को घरतर्फ लागिन् ।

Posted in:

0 comments for "'ज्वाइँ नारन ! मनीषा अब हजुरकै जिम्मा !'"
Leave a reply