आजदेखि दैनिक दुई घण्टा लोडसेडिङ

नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङको समय घटाउने भएको छ। प्राधिकरणले कालिगण्डकी जलविद्युत परियोजनाको मर्मताका लागि भन्दै साउन सत्र गते लोडसेडिङको समय थप गर्दै दैनिक आठ घण्टा लोडसेडिङ गर्दै आएको थियो।

परियोजनाको मर्मत कार्य सकिएकोले अबदेखि साविक बमोजिम नै दैनिक दुई घण्टा लोडसेडिङ हुने प्राधिकरण भार सम्प्रेषण केन्द्रका प्रमुख शेरसिंह भाटले जानकारी दिनुभयो। उहाँले कालिगण्डकी जलविद्युत परियोजनाबाट आज मध्यान्हदेखि पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु हुने बताउनुभयो। साविक तालिका आज साँझदेखिमात्र कायम हुने भाटको भनाइ थियो।।

Posted in:

0 comments for "आजदेखि दैनिक दुई घण्टा लोडसेडिङ"

Leave a reply