केन्यामा सम्पन्न जनमत संग्रहको मतगणना जारी, बहुसंख्यक मतदाता नयाँ संविधानको प्रस्तावमा
केन्यामा हिजो सम्पन्न जनमतसंग्रहमा भएको मतदानको मतगणना जारी रहेको छ। मतगणनाको प्रारम्भिक नतिजाले बहुसंख्यक मतदाता नयाँ संविधान बनाउनु पर्ने प्रस्तावको पक्षमा रहेको देखाएको छ। सन् दुइ हजार सातमा भएको विवास्पद चुनावपछि भड्किएको हिसां अन्त्य गर्ने लक्ष्य अनुरुप बुधवार जनमतसंग्रह भएको हो। मतदानको समयमा हुन सक्ने हिसांलाई मध्य नजर गरी मतदान केन्द्र लगायतको सुरक्षा व्यावश्था कडा पारिएको थियो। करिब एक करोड बीस लाख मतदाता रहेको बुधबारको मतदानमा बहुसंख्यक मतदाता नयाँ संविधान निर्माणको पक्षमा रहेको बताइएको छ। पैतालिस लाख मत गणना भैसकेको अवश्थामा पैसट्ठी प्रतिशत मतदाता नयाँ संविधान निर्माण गरिनु पर्नेे पक्षमा मतदान गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। प्रधानमन्त्री राइला ओडिन्गाले मतदान शान्तिपुर्वक सम्पन्न भएकोमा खुशी ब्यक्त गर्नु भएको छ। प्रधानमन्त्री ओडिन्गाले नयाँ संविधान निर्माणको प्रस्ताव अनुमोदन हुने पक्कापक्की भएको समेत बताउनु भयो। नयाँ बन्ने संविधानले सन् उन्नाइस सय त्रिसठ्ठीमा स्वतन्त्र भएपछि बढेको भ्रष्टचार, राजनीतिक गतिरोध, भुमि र जातीय विवाद जस्ता विषयलाई सम्बोधन गर्ने बताइएको छ।
Posted in:


0 comments for "केन्यामा सम्पन्न जनमत संग्रहको मतगणना जारी, बहुसंख्यक मतदाता नयाँ संविधानको प्रस्तावमा"
Leave a reply